Friday, November 20

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन २७००० संक्रमित फेला

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय कम संक्रमित फेला परेका छन् ।  

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ९५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा २७ हजार ४०४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख १ हजार ३११ जना पुगेको छ । यस्तै सक्रिय संक्रमित ४ लाख ३९ हजार ५६३ रहेका छन् । यस्तै हालसम्म ३ करोड ५६ हजार १ सय ३० कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *