Friday, November 20

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख १४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ५३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८८ लाख ८ हजार ३७२ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६८३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।  यस्तै २ करोड ६९ लाख ७६ हजार ६११ कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *