भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ६६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन ३ सय ८५ संक्रमितको ज्यान गएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५९ सय जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा एकैदिन २५ हजार ४ सय २० संक्रमित फेला परेका थिए । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २४ लाख ६० हजार ३ सय २८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ४ सय ८३ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड १६ लाख ९० हजार ५ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् ।
