Friday, November 20

भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?

पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ पुगेको छ । तीमध्ये ३ करोड ३० लाख ३५ हजार ५२४ जना निको भइसकेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा २८ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा २८२ जना संक्रमितको मृत्यु भएको छ । यसँगै भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ३७२ पुगेको छ ।

भारतमा संकृय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *