Friday, November 20

मन्त्रिपरिषद् पुनर्गठन गरे

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । 

उनले पुनर्गठन गर्नु सर्वोच्च अदालतको फैसलासम्मलाई  दुइ चारदिनको घामछांया भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीमै समस्या रहेको बताउदै भने – ‘न मन्त्री फाल्नु समाधान हो न पाल्नु’

उनले लेखेका छन् – ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा – कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला’ सम्मलाई दुइ-चारदिनको घामछांया !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *