Friday, November 20

महादेवको पशुपतिदेखि अमेरिकासम्म टुर

काठमाण्डौ, फाल्गुन २८ 
ग्यालेक्सी दैनिक
चर्चित हास्य कलाकार तथा जादुगर हाहायोयो महादेव त्रिपाठी नेपालको विश्वप्रसिद्ध धार्मिक धाम पशुपतिदेखि अमेरिकाको शहरसम्म टुरमा जाँदैछन ।

‘म्याजिक म्युजिक कमेडी शो’ नाम रहेको उक्त कार्यक्रम मिसेस जादु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा नेपाली साहित्य मञ्चले आयोजना गरेको हो । कार्यक्रम ३ मार्च २०२२ हुने त्रिपाठीले बताए ।

विगत २ दशक भन्दा बढी समय यो क्षेत्रमा विताईसकेका उनले आफ्नो पहिलेको संघर्षको दिन सम्झदै अहिले त्यती दु:ख गर्नुनपरेको र दर्शकको मायाले नै आज यो स्थानसम्म सबैको मनमनमा बस्न र घरघरमा पुग्न सफल भएको बताए ।

थुप्रै चर्चित चलचित्र, टेलिसिरियल, आफ्नै चर्चित एकल शो गरिसकेका उनले आफु मात्र नभई अरुलाई पनि कलाकार बनाए । अहिले पनि उनी
साना साना बहुप्रतिभाशाली नानी बाबुहरुलाई समेटर बुमबुम बक्स कार्यक्रम गर्दै चर्चामा आउने गर्छन् ।

थुप्रै देश विदेशमा कार्यक्रम गरिसकेको अनुभव सुनाउँदै यसपाली भने उनी महादेवकै गेटअपमा अमेरिकामा बस्ने सम्पूर्ण नेपालिहरुका लागी नेपालको बहुप्रसिद्ध धार्मिक स्थल पशुपतिदेखि अमेरिकासम्म जाने कुरा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *