काठमाडौं, जेठ २२
ग्यालेक्सी संवाददाता
गायक मेघ पौडेलले आफ्नो नयाँ गीत‘मनै त हो’को भिडियो सार्वजनिक गरेका छन ।
सारिका घिमिरेको शब्द, योगेश काजीको सङ्गीत तथा सङ्गीत संयोजन र पवन विश्वकर्माको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र ललना चिमोरियालाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
गीतको भिडियो एसएमएस एचडी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
