Friday, November 20

मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेका छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ गोलले पराजित गरेको हो । 

घरेलु मैदान क्याम्प नोउमा भएको उक्त खेलमा बार्सिलोनाले सजिलै जित निकाल्यो । लिओनेल मेसीले क्लब छाडेपछि बार्सिलोना पहिला पटक मैदान उत्रिएको हो ।

उक्त खेलको १९ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिममा र ५९ औं मिनेटमा बार्सिलोनाका ब्रेथवेटले गोल गरे । त्यसपछि ८२ औं मिनेटमा सोसीडाडका लोबेटेले गोल गरे । त्यसको तीन मिनेटमा नै मिकेल ओयाराज्बालले गोल गरे । 

खेलको अन्तिम समयमा सर्जी रोबर्टोले गोल गरी बार्सिलोनालाई जित दिलाए । जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *