Friday, November 20

यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने

सरकारले यस बर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार साझँ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परिक्षा गत वर्षझैँ  आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरण अनुसार नै परीक्षा बोर्डले परिक्षाफल सार्वजनिक गर्नेछ । यस्तै उक्त बैठकले यस बर्ष पनि मल अभाव हुन नदिन  मल खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *