युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले रसियालाई ४-१ गोलले पराजित गर्यो । जितसँगै डेनमार्क अन्तिम १६ मा रहदै नकआउट चरणको यात्रा तय गरेको छ ।
कोपेनहेगनको पार्केन रंगशालामा भएको उक्त खेलमा ७ औं मिनेटमै डेनमार्कले अग्रता लियो । उक्त गोल मिकेल डाम्सगार्डले गोल गरे।
त्यसपछि दोस्रो हाफमा ५९ औं मिनेटमा डेनमार्कका युसुफ पौलसेनले गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७० औं मिनेटमा रसियाका खेलाडीले पेनाल्टीमा गोल गरे ।
त्यसपछि ७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गरे । त्यसपछि खेलको ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गरी डेनमार्कलाई जित दिलाए ।
