गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको हो । जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा पहिलो हाफमा डेनमार्कले २ गोल गरेको हो ।
खेलको पाँचौं मिनेटमा डेनमार्कका थोमस डेलानेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा डेनमार्ककै कास्पर डोलवर्गले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा चेक गणतन्त्रका प्याट्रिक शिकले गोल गरे । अब डेनमार्कले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ ।
