युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको हो ।
उक्त खेलको ३९ औं मिनेटमा इटालीका म्याटियो पेस्सिनाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दुवै टिमले गोल गर्ने मौका पाउँदा पनि गर्न सकेनन् ।
जितसँगै इटाली समूहको अन्तिम चरणको खेल समाप्त भको छ भने ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
