Friday, November 20

रोहित जोशीको ‘मेरो आँशुमा’

काठमाण्डौँ, माघ २७ 
ग्यालेक्सी दैनिक
रोहित जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । एकपछि अर्को भिडियोमा ब्यस्त बन्दै गइरहेका जोशी उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै यो सफलता पाउन सफल भएका हुन् ।

वातावरण सहज हुना साथ चलचित्र निर्माणको तयारीमा रहेका मोडल रोहित जोशी मोडलिङ सँगसँगै अभिनय, ब्यबसाय, समाजसेवा लगायतमा पनि संलग्न रहेका छन ।

नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् । केही समय पहिले मात्र उनी अभिनित ‘मेरो साथी र ‘आज तिम्रो सम्झनाले’बोलको गीतको भिडियो सार्वजनिक भएको थियो भने यतिबेला ‘मेरो आँशुमा’बोलको भिडियो दर्शक, श्रोतामाझ आएको छ ।

सिन्धु रानाको शब्द, रेशम चौधरीको संगीत, गायक आनन्द कार्कीको मर्मश्पर्शी गीतको भिडियोमा मोडल रोहित जोशीलाई कैलाश, रोजीराई लगायतका कलाकारले साथ दिएका छन् भने भिडियोमा दिप सागरको निर्देशन रहेको छ ।

अतिरिक्त पेशा जे गरेपनि अनि जहाँ रहे पनि अभिनय, नृत्य र भिडियो मोडलिङलाई निरन्तरता दिईरहने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *