इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा मर्सिसाइड क्लब लिभरपुलले र्विच सिटीलाई ३-० गोलले पराजित गरेको हो ।
उक्त खेलको २६औं मिनेटमा लिभरपुलका लागि पोर्चुगिज फरवार्ड डिएगो जोटाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६५ औं मिनेटमा सब्सिच्युट रोबर्टो फिर्मिनोले गोल गरी लिभरपुललाई अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७४औं मिनेटमा मोहम्मद सलाहले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लिभरपुलले ३ अंक जोडेको छ ।
