लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न - ग्यालेक्सी दैनिक
शुक्रबार, अशोज ५, २०८०

लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न


ललितपुर, जेष्ठ १५ 
महालक्ष्मी नगरपालिका-८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रिन्सिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै अतिथिका रुपमा लुभु मन्टेश्वरी होमका सल्लाहकार उन्नत श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवा: विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवा: सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चर्चित ज्याक महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ, किशना महर्जन तथा सबिना मानन्धरले आ–आफ्नो सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडेल वितरण गरेर सम्मान गरिएको थियो ।

विद्यार्थीहरूका अभिभावकको समेत उपस्थित रहेकाे कार्यक्रममा गायककार, संगीतकार, म्यूजिक टिचर तेजवती जोशी पियोनोको धुनमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै आ-आफ्नो प्रतिभा, कला गरेर मनोरञ्जन प्रदान गरिएको थियाे भने शिक्षक ईश्वर राजथलाले कार्यक्रम सञ्चालन गरेर लुभु मन्टेश्वरी होमका संस्थापक अध्यक्ष सुनकेशरी गोपालीले दिक्षित हुन सफल भएको विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यबाद दिएर समापन गरेका थिए ।

बालबालिकाका लागि रमणीय वातारणमा सहज सुलर्भ तरिका तथा गरिब तथा जेहेन्दार ५० प्रतिशतसम्म छात्रबृति व्यवस्था समेत रहेको यस मन्टेश्वरी होम आज दशबर्ष अगाडि अर्थात २०६९ अगाडि लुभुको महालक्ष्मीस्थान ८ मा स्थापना भएको सो क्षेत्रकोशैक्षिक उनन्वयनका महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *