Friday, November 20

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन

लुम्बिनी प्रदेशमा सोमबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदानको लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुँदैछ । उपनिर्वाचनमा दुई जना उम्मेदवार रहेका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

उम्मेदवार पाण्डेलाई एमालेको माधव नेपाल समूहले पनि समर्थन गरेको छ । पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् । 

उनी एमालेको सांसदबाट राजीनामा दिएर कांग्रेसमा गएका थिए । खड्का पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। उनी पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *