Friday, November 20

लेखक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक

काठमाण्डौ, मंसिर १९ 
ग्यालेक्सी दैनिक
अनुसन्धानकर्ता, शिक्षक, लेखक एवम् सम्पादक राम घिसिङको ‘भाषण कला’ सार्वजनिक भएको छ।

यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयबस्तु समावेश गरिएको छ । यस पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्यन र व्यावहारिक अभ्यास गर्दा उत्सुक जोसुकै व्यक्तिलाई एक सफल वक्ता बन्न मद्दत पुग्ने लेखक रामबहादुर घिसिंगले दावी गरेका छन् ।

मञ्चमा आफ्नो अभिव्यक्ति रा्ख्न दराउनेहरूलाई विशेष काम लाग्ने यस पुस्तकको माध्यमबाट कुशल वक्ता लगायत व्यक्तित्व विकासमा समेत बहु उपयोगीका साथै यस पुस्तकमा भाषणको तयारी शिर्षकमा भाषण लेखन उपशिर्षकमा ‘मेरो एउटा मार्गचित्र’ भाषणका साथै नेपालीलाई स्वाधीन,समृद्ध,स्वच्छ र शक्त्तिशाली राष्ट्र कसरि बनाउन सकिन्छ जस्ता भाषणहरु शिर्षकमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरका उत्कृष्ट भाषण समावेश गरिएको छ । यस अघि घिसिङले पहिलो कृति ‘तामाङ साहित्यको सर्वेक्षण’ (२०७१) मा प्रकाशनमा ल्याएका थिए । अनुसन्धानात्मक साे कृतिले पाठक माझ राम्रो प्रभाव पार्न सफल भएको थियो ।

चार सय पचास मुल्य पाइने भाषणकला पुस्तक न्यु होराइजन पब्लिसर एन्ड डिस्ट्रीब्युटरले बजार ल्याएको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *