काठमाडौं, माघ २८
ग्यास्लेक्सी दैनिक
‘हेलौ अमेरिका’ अमेरिकामा वस्ने नेपालीहरुको दिनचर्या साथै अमेरिका सम्वन्धि विबिध जानकारी सहित मनोरञ्जनात्मक कार्यक्रम निर्माण गरेर जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल ज्याक्सन हाईट न्युयोर्कबाट साप्ताहिक रुपमा प्रसारण हुदै आइरहेको छ ।
सुमन थाम्सुहांङ कार्यक्रम सञ्चालक प्रस्तोता, सम्राट कार्की छायांकार, टोमालामा सहनिर्देशक, मन्दिल श्रेष्ठ सम्पादक एवं किशोर सुब्बा निर्माता एवं निर्देशक रहेको यो कार्यक्रमको सल्लाहकारमा रबिन्द्र खड्का रहेका छन् ।
करिव १२ भाग नियमित हेल्लो अमेरिका र ४ भाग विशेष कार्यक्रम प्रसारण भैसकेको यस ‘हेल्लो अमेरिका’को सयौ भाग पुगेपछि न्युयोर्कमा एक भब्य विशेषःकार्यक्रमआयोजना गरि सफलताको जानकारी दिईने योजना रहेको निर्देशक किशोर सुब्बाले बताउनु भयो ।
अमेरिकाबाट यस्तो कार्यक्रमहरु अन्य पनि भएता पनि यो हेल्लो अमेरिका अलिक फरक रहेको कुरा संसारभर रहेका नेपालीहरुबाट प्रतिकृया आईरहेको छ र सबैबाट सहयोग सरसल्लाह र सुझाव सहित उल्लासका संसार भरबाट हेरिरहेको निर्माण पक्षको दाबी छ ।
करिव एक वर्ष देखि नियमित प्रसारण भैरहेको यो कार्यक्रमकोे मुख्य कार्यलय ज्याक्सन हाईट, क्विन्स न्युयोर्कमा रहेको छ ।
