काठमाण्डौ, ज्येष्ठ २२
नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहै नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी ‘घायल’को गीत र लेखन तथा निर्देशनमा निर्माण भएको ‘थाहै नपाई’ गीतको भिडियो सार्वजनिक भएको हो ।
माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव बोकेको गीतको भिडियोमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ भने अभिनय शंकर सौगात र मनिषा श्रेष्ठको रहेकाे छ ।
भिडियोमा राहुल कोइरालाको छायांकन डिके हमालको श्रीङार, राजन महर्जनको नृत्य निर्देशन र प्रेम शर्मा पौडेलको सम्पादन रहेकाे छ ।
