काठमाडौं, साउन २९
ग्यालेक्सी दैनिक
शंखरापुर नगरपालिका रोटरी क्लब अफ सांखुको शनिबार बसेको बैठकले आफ्नो क्लबको मिडिया पार्ट्नर सारा संसार नेपाल मिडिया प्रा लि, लावण्ड्य सन्देश र शंखरापुर अनलाइनलाइ चुनेको छ ।
यसै क्लबको बोर्डको पुर्ण बैठकले शंखरापुर न.पा. भित्र आफ्नो क्लबको क्लब कोड ३२९२ लाई सम्मान गर्दै ३२९२ को संख्यामा फलफुल र वातावरणलाई स्वच्छ राख्ने बिरुवाको बृक्षारोपण गर्ने निर्णय गरेको छ । बृक्षारोपण प्रभावकारि र परिणाममुखी बनाइने कुरा क्लबका अध्यक्ष लकश श्रेष्ठले बताउनु भयो ।
बृक्षारोपण कार्यक्रमका सयोजक श्रीजन श्रेष्ठ का अनुसार ३२९२ को संख्यामा रहेको विभिन्न उपयोगी बिरुवाहरु नगर भित्र रहेका सम्पुर्ण बिध्यालय वडा कार्यालय सरकारी कार्यालय लगायतको स्थानमा गरिने कुरा जानकारी गराउनुभएको छ ।
पुर्व अध्यक्ष रुपेशलाल श्रेष्ठले उक्त बिरुवा उपलब्ध गराउन र उपयोगी बिरुवाहरुको बृक्षारोपण हुनुपर्ने कुरामा जोड दिनुभयो । वहाँले शंखरापुर भित्र रोटरिको सम्पुर्ण डिस्टृक गभर्नर लगायत सम्पुर्ण रोटरियनहरुलाइ शंखरापुर निमन्त्रणा गरि बृक्षारोपण कार्यक्रम गरिने जानकारी गराउनु भयो ।
रोटरी क्लब अफ साखुको सदस्य शंकर प्रसाद दुलालका अनुसार उक्त नगरको वडा नं चार र आठ को माथिल्लो भेगमा लालिगुराँशको सबै रंग र प्रजातिको बिरुवा रोपिने र मणिचुड क्षेत्र र पिङ्ग डाँडालाइ लालिगुराश पार्कको रुपमा बिकास गरिनेकुरा जानकारी गराउनु भएको छ ।
