Friday, November 20

शर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

काठमाण्डौ, असार २८
ग्यालेक्सी दैनिक
समय सान्दर्भिक कथा बस्तुमा निर्माण गरिएको शर्ट फिल्म समय र सम्बन्ध यु ट्युब मार्फत सार्वजनिक गरिएको छ। १२ मिनेट लामो शर्ट फिल्मले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ ।

उत्तम अधिकारीले निर्देशन गरेको शर्ट फिल्मको कथा संचारकर्मी रघुनाथ सापकोटाले लेखेका हुन् भने पटकथा संवाद सुजन खतिवडाले लेखेका हुन् ।

बिनोद सापकोटाले छायांकन गरेको शर्ट फिल्ममा नहकुल खड्काको सम्पादन रहेको छ ।

सेलिब्रेटी नेपालले निर्माण गरेको शर्ट फिल्ममा सुरज अधिकारी,स्मृति बस्नेत र साहारा कोइरालाको अभिनय रहेको छ।

शर्ट फिल्म डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *