काठमाण्डौ असार १२
ग्यालेक्सी दैनिक
मेलोडी सुल्तानको उपनामले परिचित शिशिर योगीको स्वर र सङ्गीतमा रहेको गीत ‘म त सहरिया’ सार्वजनिक भएको छ । सहरमा बस्ने हुनेखाने वर्गका असभ्य मानिसहरूलाई व्यङ्ग्य गरिएको गीत ‘म त सहरिया’को भिडियो सार्वजनिक भएको हो ।
मूल रचनाकार पुरुषोत्तम अधिकारी र शव्द सम्पादक हरिहर तिमिल्सिना रहेको यस गीतमा सचिन सिंहको सङ्गीत संयोजन छ भने अडियो मिक्सिङ प्रकाश मिश्रको छ ।
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको हो । जसमा लोकेश भाट सहसम्पादन छ । भिडियोमा सङ्गीतकार तथा गायक शिशिर योगीका साथै मोडल कलाकारको रुपमा मिठाराम केसी, कृष्णभक्त महर्जन, अर्जुन कुँवर, शिबु पाण्डे लगायतको अभिनय छ ।
गीतको भिडियो गायक योगीको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
