Friday, November 20

शुरु भयो आईपीएलको १४ औं संस्करण

फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ।

कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग शुरु गरेका छन्।पहिलो ओभरको खेल सकिँदा मुम्बईले बिना क्षति ५ रन बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *