Friday, November 20

समिरा लिगेश अभिनित सुनिताको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” सार्वजनिक

काठमाण्डौँ, पुष ७ 
ग्यालेक्सी दैनिक

थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफी तथा निर्देशन गरिसकेकी चर्चित कोरियोग्राफर तथा निर्देशक सुनिता बस्नेतको निर्देशन रहेको “मैले भन्दा माया गर्ने” बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रस्तुत गीतमा भ्वाइस अफ नेपाल सिजन वानका बिजेता गायक सि।डि विजय अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत आर बि थापा एरेन्ज राजु कार्कीको रहेको छ ।

भिडियोमा लीगेश भट्टराई र सारीका घिमिरेको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छांयाकन तथा लीगेश भट्टराईको कन्सेप्ट तथा सम्पादन रहेको छ भने कलर राजेश कुमारको रहेको छ ।

भिडियो ओएस आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *