Friday, November 20

सरकारमा सहभागी नौ नेतालाई पार्टीबाट निष्काशन गर्ने जसपा यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको निर्णय विपरित वर्तमान सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले जनाएअनुसार आजको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई पूनः स्पष्टीकरण सोध्ने पनि निर्णय  गरेको छ ।

पार्टी आधिकारिकताको लागि निर्वाचनमा पूनः निवेदन दिनेपनि आजको बैठकले निर्णय गरेको छ । त्यस्तै, चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ र बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *