गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा लाइप्जिगले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लाइप्जिगले भिएफबी स्टुटगार्टलाई ४–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा लाइप्जिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गा्ेल गरे भने इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे । उक्त खेलको ३८औं मिनेटमा लाइप्जिगका डोमिनिक सोबोस्लाईले गोल गरी टिमलाइए अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको शुरुमै इमिल फोर्सवर्गले गोल गरी लाइप्जिगलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ५२औं मिनेटमा डोमिनिक सोबोस्लाईले र ६५औं मिनेटमा पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भाले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लाइप्जिग दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।
