सिराहाको मिर्चैया नगरपालिका ४ मा गोली प्रहारबाट एक जना घाइते भएका छन् । शनिवार बेलुका अज्ञात समूहले चलाएको गोली लगेर एक औषधि व्यवसायी घाइते भएका हुन् ।
घाइते हुनेमा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी रहेका छन् । प्रहरीका अनुसार उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ ।
गोली लागेर घाइते भएका सागरको मंगलम् अस्पतालमा उपचार भइरहेको जनाइएको छ । गोली चलाएको अरोपमा घाइते साफीका दाजुभाइ पर्नेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको जनाइएको छ ।
