सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यपनि स्थिर रही तोलाको १ हजार ३ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
