Friday, November 20

‘अब जे होला होला’ प्रसारण हुने तयारीमा

काठमाण्डौ, माघ ४ 
ग्यालेक्सी दैनिक
वरिष्ठ हास्य अभिनेता उत्तम के.सि. नेपालको कथा लेखन तथा निर्देशन रहेको नयाँ हास्य श्रृंखला ‘अब जे होला होला’ प्रसारण हुने भएको छ ।

प्रत्येक बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७:३० बजेदेखि प्रसारण हुने श्रृंखलाको प्रोमो सोमबार सार्वजनिक भएको हो ।

सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग शैलीमा जीवन्त रुपले उतारिएको उक्त श्रृंखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

दुर्गा के।सि।को निर्माणमा तयार पारिएको श्रृंखलामा ज्ञान कुमार कट्टेलको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन तथा ओम सुनारको व्याकराउण्ड संगीत सुन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *