Friday, November 20

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

आन्तरिक राजस्व विभागले असार २५ गते सम्म कर तिर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले सो जानकारी गराएको छ । विभागले कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ । 

सूचनामा विभागले मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकिएको जनाएको छ । 

विभागले तोकिएको समयभित्र कर तिरेमा ब्याज नलाग्ने जनाएको छ ।  

aj.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *