Friday, November 20

एड्भेन्चर स्टार गौतम खाती वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष घोषित

काठमाण्डौ, पुष १२
ग्यालेक्सी दैनिक
एड्भेन्चर स्टार गौतम खातीले यस् वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष तर्फको हात पारेका छन ।

लामो समयदेखि मोडलिङमा कृयाशील उनले नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा सबै प्रतिस्पर्धीहरुलाई पछी पार्दै वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड हात पारेका हुन ।

पर्यटन तथा संस्कृति मन्त्री माननीय प्रेम आलेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा उनले “कोरेको छु तिम्रो तस्बिर”बाट सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड ग्रहण गरेका थिए भने कार्यक्रममा मानानीय सांसद कोमल वली, अग्रज कलाकार नीर शाह, पर्यटन बोर्ड्का अध्यक्ष, चलचित्र बिकास बोर्डक अध्यक्ष दयारम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, नीर शाह, विशिष्ट अतिथि, कलाकार तथा सञ्चारकर्मीको उपस्थीति रहेको थियो ।

अवार्ड पाएपछी उनी निकै नै हर्षित र खुशी हुंदै आफुमा अझै ठुलो जिम्मेवारी र जोश उमंग थपिएको र आगामी दिनमा यसरी नै राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरका कामहरु गर्दै अन्तराष्ट्रिय अवार्ड पनि देशमा भित्र्याउने कुरा बताए । साथै आफुलाई यो ठांउसम्म पुर्‍याउनका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु, आयोजक टिम लगायत म्युजिक खबर परिवार ,पत्रकार मित्रहरू, अनि सम्पुर्ण जुरिहरु तथा अडियो भिडियोका सम्बन्धित सम्पूर्ण टिम प्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *