कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार २ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो ।
प्रदेशसभाको शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको थियो ।
