उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय लिने टुंगो लगाएका हुन् ।
भोलि प्रमुख जिल्ला अधिकारीहरुले जेठभर निषेधाज्ञा लम्ब्याउने गरी सूचना जारी गर्ने टुंगो लगाएको बुझिएको छ । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण दर घट्दै गएको र जेठभरमा अझ घट्ने आँकलन समेत गरेको छ ।
अब निषेधाज्ञा लम्ब्याएपनि खुकुलो बनाउने तयारी भएको छ । यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेसनरी किताव पसल विहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । विहान ७ देखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय भोलि आउने बुझिएको छ ।
