Friday, November 20

किसानको मर्म बिपरित कामगर्ने कर्मचारीहरु सरुवा

हेटौंडा, जेठ २२ 
ग्यालेक्सी संवाददाता
शक्ति केन्द्रको आशिर्वादमा निजामति प्रशासनमा आचरण विपरित गतिबिधि हुने कुरा सामान्य जस्तो बनिसकेको छ । तल्लो कर्मचारीले माथिल्लोे तहका कर्मचारीको निर्देशन अटेर गर्ने, मनमौजी ढंगले कामहुँदै आएका छन् ।
निजामति प्रशासनमा देखिएको अराजकता र दादागीरीको पछिल्लो उदाहरण पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशमा देख्न पाइन्छ । कानुनको पालन गर्दै काम गर्नुपर्ने कर्मचारीहरु उत्छृखल गतिविधिमा संलग्नभई राजनीतिक आडमा ११ महिना सम्म कुनै पनि कार्यक्रम नगरी आफ्नो सेवा सुविधा मात्र लिई किसानको अहित हुनेगरी काम गरेको पाइएको छ । आफ्नो कार्यालयमा भएको गोप्य सूचना चुहाउनेदेखि लिएर मन्त्री र सचिवमा भएको छलफलमा अडियो रेकर्ड गरी सार्वजनिक गर्ने जस्ता अनुशासनहीन काम गर्दै आएका थिए ।

अवकास हुने बेला भएका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा.मोगल प्रसाद शाहको नेतृत्वमा त्यहाँका केही कर्मचारी आचरण विपरितका काम गर्नुका साथै किसानलाई दुःख दिँदै आएको गुनासो पछि मन्त्रालयले शाह लगायत केही कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले गलत कार्यमा सहभागी भएका कर्मचारीहरुलाई प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्तहरुको सम्वन्धमा बनेको अध्यादेश २०७८ बमोजिम सरुवा गरेको हो । शाह सहित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका हेटौैैंडाका पशु विकास अधिकृत ध्रुवडी.सी. र बब्लु ठाकुरले आचरण विपरितका कार्य गरेपछि सरुवा गरेको छ । शाहको स्थानमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा डा.बज्र किशोर ठाकुरलाई निमित्तको जिम्मेवारी तोकिएको छ । शाहलाई मन्त्रालय तानिएको छ ।

मन्त्रालयले पशु विकास अधिकृत ध्रुव डी.सी.को भेटेरिनरी अस्पताल तथापशु सेवा विज्ञ केन्द्र दोलखा सरुवा गरेको छ । बब्लुलाई नुवाकोट सरुवा गरिएको छ । असार ५ गते अवकास लिएर जान लागेका डा.मोगल प्रसाद शाहले चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कामका फाइल लामो समयदेखि कुनै पनि फाइल अघि नबढाएर राखेका थिए । आफूसंग स्वार्थ मिल्ने बाहेकका फाइल अघि नबढाए पछि किसानले कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँ र मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेसंग गुनासो गरेका थिए ।पशु स्रोत केन्द्र स्थापना सम्बन्धिकामको फाइल अघि बढाउन मन्त्रीले निर्देशन दिएपनि शाहले लामो समय अल्झाएर राखेका थिए । शाहले आफूले फाइल अड्काएर राख्ने अनि मन्त्री र सचिवको निर्देशनमा फाइल रोक्यो भन्दै किसानलाई उकास्ने कामगर्दै आएका थिए ।

पशु स्रोत केन्द्रको अनुदानका विषयमा मन्त्री र प्रमुख शाहबीच विवाद भएको थियो । शाहले अनुदान कार्यविधि अनुसार रिजल्ट निकालेको बताउँदै आएपनि सम्झौता नगरी किसानलाई भड्काउने कामगर्दै आएका थिए । त्यसैगरी, किसानलाई दिने दूधको अनुदानको रकम पनि नदिएपछि किसान आक्रोशित भएका थिए ।
एमाले नेताको आर्शिवादपाएकाआचरण विपरितकाकार्य गर्ने शाहलगायतकाकर्मचारीको सरुवाभए पछि एमाले नेतातथाबागमतीप्रदेशकापूर्व मुख्यमन्त्री डोरमणी पौडेलले यो विषयमाप्रदेश संसदमाकुरा उठाएका थिए । मुख्यमन्त्री सुरेन्द्र पौडेलले मन्त्री, सचिवको निर्देशनपालनानगर्ने कर्मचारीको सरुवाभएको बताएकाथिए । कर्मचारी अराजभएको भन्दै प्रमुख सचिवको संयोजकत्वमा छानविन समिति गठन गर्ने बताएकाथिए । निर्देशनालयमाकामलाई छिटोछरितो तत्कालअगाडी वढाउन मन्त्रालयमातहतकाकार्यालयहरुबाट कर्मचारीको व्यवस्थापन गरी काजमा खटाइएको मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डले बताए ।
किसानलाई दुःख दिने कर्मचारीको सरुवा गर्न भन्दै किसानले पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराएपछि मन्त्रालयको निर्णयको किसानले स्वागत गरेका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ, चितवन केरा संघले पत्रकार सम्मेलन नै गरी मन्त्रालयको कदमलाई स्वागत गरेका छन् । अव किसानको काम हुन्छ भन्ने कुरामा ढुक्क भएको दुग्ध सहकारी संघका सचिव किशोर वगालेले बताए । किसान प्रति उत्तरदायी नभएको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईँकोमा पनि पुगेको थियो । नियम अनुसार गनुपर्ने काम नगर्ने, अटेर गर्ने, निर्देशन पालना नगर्ने, सूचना चुहाउने जस्ता अराजक गतिविधिले मन्त्री र कर्मचारी आजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *