काठमाण्डौँ, असार २०
ग्यालेक्सी दैनिक
म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय ब्यस्त बन्दै आईरहेका निर्देशक केशव राज भट्टको निर्देशनमा तयार पारिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
गिता गीरीको शब्द, प्रताप दासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रताप दासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् ।
प्रिन्स चौहान र समारिका ढकालको अभिनय रहेको भिडियो बुध्द थापाले खिचेका हुन् भने सम्पादन दिनसन शाहले गरेका हुन ।
