Friday, November 20

के कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

अहिले विश्वका धेरै देशमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन थालिएको छ । कोरोना खोप लगाउँदा सामान्य ज्वरो को लक्षण मात्र देखिने गरेको सुनेका छौ । 

तर पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाएपछि शरीरमा देखिने असर बारे हल्ला फैलिरहेको छ । भारतका नासिकका अरविन्द सोनारले खोपको दुई डोज लगाए पछि आफ्नो शरीर चुम्बक जस्तै बनेको र धातुहरु टासीन थालेको दाबी गरिरहेका छन् । 

सोनारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सो कुरा दाबी गरेका छन् । तर कोरोना खोपको कारण यस्तो हुनै नसक्ने जानकारहरुले बताउका छन् । यस्तै यस्तो चर्चा चलिरहदा स्वास्थ्य मन्त्रालयले  अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।  

मन्त्रालयले खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्तो नहुने बताएको छ । कारोनाको खोप सुरक्षित र प्रभावकारी भएकोले यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने मन्त्रालयले बताउका छ । साथै मन्त्रालयले महामारीको बेलामा भ्रमको पछि नलागी सचेतना फैलाउन आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *