शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो ।
अमेरिका कपको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको थियो । उक्त खेलमा अर्जेन्टिनाका लागि गुइडो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि पहिलो र दोस्रो हाफमा दुवै टिमले मौका पाउँदा पनि गोल गर्न सकेनन् । खेलको ८ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट हानेको बल रुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिदै बचाए ।
जुन पल निकै रोमान्चक थियो । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलमा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने उरुग्वे चौथो स्थानमा रहेको छ ।
