Friday, November 20

कोपा अमेरिका : ब्राजिलको सानदार जित

कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गरेको छ । उक्त खेलमा ब्राजिलका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले एक एक गोल गरे । 

यस्तै कोलम्बियाका लागि लुइस ड्यासले एक गोल फर्काए । उनले खेलको १० औँ मिनेटमा गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो । त्यसपछि केही बेर खेल रोकिएर शुरु भएको थियो । जितसँगै ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *