Friday, November 20

कोरोना अपडेटःपछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण र ९६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५२ जना नयाँ संक्रमित भेटिएका छन् भने ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । २० हजार ११० पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७०७ एन्टिजेन परीक्षणमा ९६ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९५२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृतयु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *