गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
शनिबार प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए ।
त्यसपछि शुक्रबार दिउँसो २४ घण्टाको समय दिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभा सदस्यलाई नयाँ सरकारको दाबी गर्न समय दिएकी थिइन् । सोही अनुसार शुक्रबार नै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यस्तै गुरुङले पनि शनिवार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले गुरुङको दाबीलाई अस्वीकार गर्दै प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
