काठमाडौं १५ चैत्र
ग्याल्क्सी दैनिक
केही समय पहिले राष्ट्रभक्तिको गीत ‘दल छ देश छैन’ गाएर चर्चामा रहेकी गायिका लिजा लामा र सानु खतिवडाको स्वर समेटिएको ‘पोखरा बजार’को भिडियो निर्माण सम्पन्न भएको छ ।
निर्देशक राजु लामाको निर्देशन रहेको भिडियोमा सुरविर पण्डित, सानु खतिवडा, सुभाष सिलवाल, टेक बहादुर लामा आदिको अभिनय रहेको छ ।
भिडियो यही चैत्र २७ गते सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामाले बताउनु भयो ।
गीतमा चन्द्रलाल तामाङको शब्द, दिपक रमणको संगीत रहेको छ भने छायांकन युवराज राईको रहेको छ ।
