काठमाडौं, साउन १४
ग्यालेक्सी दैनिक
दि भ्वाईस अफ नेपाल सिजन ३ बाट चर्चा कमाउन सफल गायिका सिजासु श्रेष्ठको स्वरमा “बेनि बजार” बोलको गीत सार्वजनिक गरिएको छ ।
गायिका सिजासु श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत यो गीत सार्बजनिक गरिएको हो ।
साङ्गितिक क्षेत्रलाई निरन्तरता दिइरहने क्रममा सिजासु ले अहिले ” बेनि बजार” रिलिज गरे लगतै केही गीतको प्रमोशनमा ब्यस्त रहेकी छिन ।
डेकेन्द्र श्रेष्ठ निर्माण, शब्द, सङ्गीत रहेको यस् गीतमा सङ्गित संयोजन श्याम महर्जन र मिक्स, मास्टर दृभ केसिले गरेक छन ।
भक्तपुरको मनमोहक दृश्यहरुलाइ समेटेर गरिएको भिडियोलाई प्रतेक शाक्यले निर्देशन गरेका हुन ।
अभिनय गायिका स्वयम सिजासु र मुकुन्द भट्टको देख्न सकिन्छ ।
साङ्गितक क्षेत्रमा भविष्य खोज्दै मेहनतको साथमा लागिरहेकी सिजासुलाइ आगामी दिनमा प्रगतिको र सफलताको शुभकामना ।
