Friday, November 20

गायिका सुजता केसी सम्मानित

काठमाडौं, साउन १३
ग्यालेक्सी दैनिक
बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरुलाई सम्मानित गरेका छन् ।

नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् ।

कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रिय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो ।

२०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए ।
कार्यक्रममा सुरत रावत, पूर्ण आचार्य, सुजता केसी, डिल्ली नारायण पाण्डे, चोलेन्द्र पौडेल, जीवनाथ चौधरी, राजेन्द्र खत्रीलगायतका स्रष्टालाई सम्मान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *