Friday, November 20

छ प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, लगातारको झरी अब कम हुने

शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। सबै प्रदेशका केही- केही स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको छ।

आज दिउँसो देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने हुनाले यसका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *