काठमाडौं, असार १९
ग्यालेक्सी दैनिक
जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि.च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाए नि तिमिलाई मैले’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ ।
यस अघि पनि अन्जु पन्तको स्वर र देवतु चौधरी संगीतवध्द म्युजिक भिडियो यहि टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहांङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडियो र अन्जु पन्तकै स्वर रहेको दोश्रो म्युजिक भिडियो ‘काँडा बिच फुल्ने माया’ र तेश्रो म्युजिक भिडियो निर्माणसंगै सार्वजनिक समेत गरिसकेको छ ।
म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उद्देश्यले राम्रा राम्रा गीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भयो ।
पुष्पा लिम्बुको शब्द, मेलिना राईको स्वर, मनिता चाम्लिङको एरेन्ज, मिक्सिङ र रेकर्डिङ, सुवाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन रहेको ‘पाए नि तिमीलाई मैले’ भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पुर्वि नेपालको रमणीय स्थान झापाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा चन्दा दाहाल र पुर्ण लिम्बु फिचरिङ छन् ।
जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम‘हेल्लो अमेरिका’नियमित निर्माण र प्रशारण भैरहेकोछ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि.भि. च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमालामा, प्रस्तोता सुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदी रहेका छन् ।
