Friday, November 20

टस हारेर हैदरावादविरुद्ध पहिले व्याटिङ गर्दै कोलकात्ता

चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकट अन्तर्गत आज कोलकात्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ।

हैदरावादले टस जितेर फिल्डिङ रोजेपछि कोलकात्ता पहिले व्याटिङ गर्दैछ। कोलकात्ता इयोन मोर्गनको कप्तानीमा छ भने हैदरावादको कप्तान डेविड वार्नर छन्।

जारी संस्करणको पहिलो खेलमा शुक्रबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले रोहित शर्माको मुम्बई इण्डियन्सलाई हराएको थियो। यस्तै शनिबारको खेलमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स ऋषभ पन्तको दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *