काठमाण्डौ, चैत्र २६
ग्यालेक्सी दैनिक
नेपाली सिने जगतका चर्चित बरिष्ठ हास्य कलाकार तथा निर्देशक कमल मैनालीले नयाँ सिरियल लिएर आउने भएका छन् । नयाँ बर्षकाे अवसर पारेर कलाकार मैनालीले आफुले समसमायिक घटनामा आधारित सामाजिक सिरियल लिएर आउने घोषणा गरेका हुन् ।
पछिल्लाे समय ‘टेन टु फाइभ’, ‘डन्ट माईन्ड’ जस्ता चर्चित हास्यब्यङ्ग टेलीसिरियल निर्देशन सँगसँगै अभिनय गर्दै आएका मैनालीले अब भने विशुद्ध सामाजिक सिरियल लिएर आउने भएका हुन् ।
अहिले कथा र स्क्रिप्टकाे काम भइरहेकाे छ । नयाँ पुराना सबै कलाकारलाई आफ्नो सिरियलमा अभिनय गराउने र अलि फरक शैलिमा निर्माण गर्ने याेजना रहेको कलाकार तथा निर्देशक मैनालीकले बताए ।
केही राष्ट्रिय टेलिभिजनसँग कुरा भईरहेकाे र युट्युब अधिकार आफ्नै च्यानलमा राख्ने उनले घाेषणा गरिसकेका छन् । अहिले युट्युबमा आउने थुप्रै सिरियलले दर्शकको राम्राे साथ पाएका छन् भने कमाई पनि लाेभलाग्दाे छ ।
युट्युबमा सिरियल चलाएरै महिनाकाे ५ देखि ७ लाख कमाउने गरेकाे कलाकारले खुलासा गरेका छन् ।
अहिले कमेडि सिरियल भन्दा सामाजिक सिरियलहरुकाे भ्युज राम्राे रहेकाे छ । कलाकार मैनाली पनि आफैं एउटा युट्युब च्यानल खाेलेर सिरियल र भिडियाेहरु निर्माण गरि निरन्तर कलाकारितामा सकृय हुने ईच्छा राखेका छन् । सिरियलकाे नाम र कलाकारकाे नाम पत्रकार सम्मेलन गरि जानकारि दिने उनले बताएका छन् ।
