Friday, November 20

डेब्यु खेलमै दुई गोल गरेर म्यानचेस्टरलाई जित दिलाए रोनाल्डोले

शनिवार बेलुका इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । जित निकालेको छ । हालै युभेन्टस् बाट म्यानचेस्टरमा आएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत डेब्यु गरेका छन् । खेलमा रोनाल्डोले २ गोल गरे । 

खेलमा पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गरी म्यानचेस्टरलाई अग्रता दिलाए । त्यसपछि खेलको ५६ औं मिनेटमा न्युकासलका जाभिएर मान्किलोले गोल गरी बराबरीमा पुर्याए । त्यसपछि खेलको ६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गरे । 

त्यसपछि खेलको ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले र खेलको अन्तिम समयको दोस्रो मिनेटमा लिंगार्डले गोल गरी म्यानचेस्टरलाई सानदार जित दिलाए । जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा र न्युकासल ४ खेलमा१ अंकसहित अन्तिमबाट दोस्रोमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *