Friday, November 20

‘तीनवर्षमा आउछु फर्केर’भ्न्दै कलाकार चन्द्र सिंह रुम्बा

काठमाण्डौ, माघ ७ 
ग्यालेक्सी दैनिक
कलाकार बन्ने चाहना उमेरमा एक समय जो कसैको मनमा उब्जिन सक्छ । तर सबैको चाहना पुरा नहुन सक्छ ।

अभिनय क्षमता भएकाहरुले भने राम्रै नाम, दाम समाजमा प्रतिष्ठा हासिल गरेको पनि प्रशस्त उदाहरण छ ।

यसै क्षेत्रमा केहीगर्ने सोच बनाएर मोडलिङको क्षेत्रमा लागि परेका कलाकार हुन् चन्द्रसिंह रुम्बा ।

नेपालको औधोगिक क्षेत्र मकवानपुर हेटौंडाका स्थानीय रुम्बा यतिबेला खाडी मुलुक दुबईलाई कर्मथलो बनाउँदै फुर्सदको समय मोडलिङमा सकृय हुँदै आएका छन ।

चन्द्र सिंह रुम्बा म्युजिक भिडियोको क्षेत्रमा परिचित नाम बनिसकेको छ ।

सानैदेखि कलाकारिताप्रति रुचि रहेको बताउने रुम्बाको अभिनय रहेको ‘तीनवर्षमा आउछु फर्केर’ बोल रहेको पछिल्लो भिडियो सार्वजनिक हुने तयारीमा छ ।

सानुकान्छा रुम्बा र आमा सानुमायाको कोखबाट जन्मेका चन्द्रसिंह रुम्बा चलचित्र ‘नदेखिएको जात’का निर्देशक बेतप्रसाद भुर्तेलको सहकार्यमा भिडियो निर्माण तथा अभिनय गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *