गत २४ घण्टामा नेपालमा ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २ पीसीआर परीक्षण गर्दा ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९ सय १ परीक्षण गर्दा ११ सय २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९२ जनाको कोरोनाका कारण ज्यान गएको छ।
